गृहपृष्ठ तीन बृत्तमा प्रहरी प्रमुख हेरफेर

तीन बृत्तमा प्रहरी प्रमुख हेरफेर

plilice-headquarter

प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन वृत्त प्रमुख हेरफेर गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धमा महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दलाई खटाइएको छ । बौद्धका डिएसपी श्यामकुमार राई घुससहित पक्राउ परेपछि उनको ठाउँमा चन्दलाई लगिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार महानगरीय प्रहरी वृत सातदोबाटोमा डिएसपी गौतम मिश्रलाई पठाइएको छ । सातदोबाटोका डिएसपी विनोद सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरी उनको ठाउँमा मिश्रलाई ल्याइएको हो ।

त्यस्तै, महानगरीय प्रहरी वृत थानकोटमा डिएसपी कुमारविक्रम थापालाई खटाइएको छ । थानकोट वृतका डिएसपी नवरत्न पौडेल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने भएपछि थापालाई त्यहा पठाइएको हो ।

प्रकाशित समय १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु