गृहपृष्ठ रोड रेसिङ च्याम्पियनसिपको उपाधि प्रशान्त र विवेशलाई
रोड रेसिङ च्याम्पियनसिपको उपाधि प्रशान्त र विवेशलाई
‘नेपाल रोड रेसिङ’ च्याम्पियनसिप २०१८ मा २०० सीसीतर्फ प्रशान्त जंग कार्की र १५० सीसी तर्फ विवेश श्रेष्ठले जित हासिल गरेका छन् । सो च्याम्पियनसिपमा २०० सीसीतर्फ आशुतोष धन्जु फस्र्ट रनरअप र सुजन थापा सेकेन्ड रनरअप भए भने १५० सीसी तर्फ आशिक लामा फस्र्ट रनरअप र पविन कार्की सेकेन्ड रनरअप भए ।
२०० सीसी क्याटागोरीमा बेस्ट राइडर रवि साह, मिस्टर प्रोपर सेफ्टी गियर्स गौरांग प्रताप सिंह र मिस्टर पब्लिक च्वाइस राजकुमार कार्की भएका छन् । त्यसैगरी १५० सीसी क्याटागोरीमा बेस्ट राइडर च्यान्जी राजा जोशी, मिस्टर प्रोपर सेफ्टी गियर्स रितेश श्रेष्ठ र मिस्टर पब्लिक च्वाइस निसान न्यौपाने भए ।
च्याम्पियनसिप विजेतामध्ये एक जना एसिया रोड रेसिङ च्याम्पियनसिपमा सहभागी हुनेछन् । टीभीएस अपाचे आरटीआर सिरिजको मूख्य प्रायोजनमा सम्पन्न सो प्रतियोगिताका सहभागी खेलाडीहरुलाई टीभीएसका कुनै पनि बाइक खरिद गर्दा २० हजार रुपैयाँ छुट प्रदान गरिनुका साथै एक्सचेन्ज सुविधासमेत उपलब्ध गराउने बताइएको छ ।
मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको यस च्याम्पियनसिपलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का साथै नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को समेत समर्थन रहेको थियो ।
प्रकाशित समय १८:३८ बजे

















