गृहपृष्ठ कैलालीमा ट्रयाक्टर पल्टिँदा दुर्इजनाको मृत्यु
कैलालीमा ट्रयाक्टर पल्टिँदा दुर्इजनाको मृत्यु
कैलालीमा ट्रयाक्टर पल्टिँदा दुर्इजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका-२ मा ट्याक्टर पल्टिँदा दुर्इजनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
से. १ त ३९६९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बर्दगोरिया गाउँपालिका-१ का ३० वर्षीय सुरज कठरिया र सोही ठाउँका ४० वर्षीय डागु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भीम कठरिया घाइते भएका छन् ।
प्रकाशित समय १४:१३ बजे

















