गृहपृष्ठ स्थानीयले गरेको चक्काजाम प्रहरीले बलपूर्वक खोल्यो
स्थानीयले गरेको चक्काजाम प्रहरीले बलपूर्वक खोल्यो
गोदावरी नगरपालिका ६ लालपुरमा स्थानीयले गरेको चक्का जाम प्रहरीले बलपूर्वक खोलेको छ ।बिहीबार अत्तरिया बसन्तपुरमा बस र मोटरसाईकल एकआपसमा ठोक्किँदा लालपुरका स्थानीय २ जनाको मृत्यु भएको थियो । मृतकका परिवारले उचित क्षेतिपूर्ति पाउनुपर्ने भन्दै सडक अबरुद्ध गरेका थिए ।
दुर्घटनामा लालपुरका २८ वर्षीया हेमन्त साँउद र २६ वर्षका विक्रम खड्काको ज्यान गएको थियो । टीकापुरबाट अत्तरीया तर्फ आउदै गरेको कर्णाली यतायातको ना ५ ख ८०४९ नम्बरको बस र विपरित दिशाबाट गुडीरहेको से ५ प ७५३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उनिहरुको ज्यान गएको थियो ।
बाटो खुलाउने विषयमा शुक्रबार झन्डै ४ घण्टा छलफल भए पनि सहमती नहुँदा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले प्रयोग गर्दा त्याँहाको स्थिती केही समय तनावपूर्ण बनेको छ । प्रहरीले ५ जनालाई गिरफ्तार गरेको छ भने अश्रुग्यास पनि प्रहार गरेको छ । बन्दमा रोकिएका गाडीहरु भने आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । स्थानीयहरुले सहमति नभए भोली पुनः सडक अबरुद्ध गर्ने चेतनवनी दिएका छन् ।
प्रकाशित समय १८:३२ बजे

















