गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १४)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १४)

जैविक विविधता कुन सम्मेलनसँग सम्बन्धित छ ?

loksewa-newskarobar.com

१. नेपालको भाषा नेपाली हो भनेर नामकरण गर्ने व्यक्ति को हुन् ?
– जय पृथ्वीबहादुर सिंह
२. अभिनयको उत्पत्ति यजुर्वेदबाट भएको हो भने संंगीतको उत्पत्ति कुन वेदबाट भएको हो ?
– सामवेद
३. हिन्दू परम्पराअनुसार लास जलाउन घाटमा लैजाँदा फाल्ने पैसालाई के भनिन्छ ?
– टिला
४. नेपालमा कहिलेदेखि मादक पदार्थको विज्ञापनमा राक लगाइएको हो ?
– २०६६
५. सबैभन्दा कडा चट्टान कुन हो ?
– आग्नेय
६. समय विज्ञानलाई के नामले नापिन्छ ?
– होरालोजी
७. घरभित्र कसैको मृत्यु भएमा लासलाई झ्याल वा घरको भित्ता फुटाएर बाहिर निकाल्ने चलन कुन जातिमा छ ?
– लेप्चा
८. अन्तर्राष्ट्रिय महिला दिवस कहिले मनाइन्छ ?
– मार्च ८
९. नेपालमा कति माइक्रोनभन्दा कमको प्लास्टिक उत्पादनमा रोक लगाइएको छ ?
– २० माइक्रोन
१०. माल्थसको सिद्धान्तअनुसार साधारणतया जनसंंख्या दोब्बर हुन कति समय लाग्छ ?
– २५ वर्ष
११. अण्डाको भण्डार ‘एग बास्केट’ भनेर नेपालको कुन जिल्लालाई चिनिन्छ ?
– मकवानपुर
१२. जैविक विविधता कुन सम्मेलनसँग सम्बन्धित छ ?
– रियो सम्मेलन
१३. भुटानी महिलाको परम्परागत पोसाकलाई के भनिन्छ ?
– हानवोक
१४. पूर्वको पशुपति भनेर कुन मन्दिरलाई चिनिन्छ ?
– हलेसी महादेव
१५. नेपालको स्थल मार्ग हुँदै कुन नाकाबाट सबैभन्दा बढी पर्यटक भित्रिन्छन् ?
– सुनौली
१६. उज्वेकिस्तानको मुद्राको नाम के हो ?
– सम
१७. पहिलो विश्वकप फुटबल प्रतियोगिता जित्ने देश कुन हो ?
– उरुग्वे
१८. देशको जनसंख्याको सबैभन्दा धरै जनसंख्याको हिस्सा मुस्लिम भएको देश मोरक्को हो भने सबैभन्दा कम मुस्लिम भएको देश कुन हो ?
– इन्डोनेसिया
१९. राजी जातिको बसोबास भएको जिल्ला कुन हो ?
– दाङ
२०. क्षेत्रफलका आधारमा संसारको दास्रो ठूलो मरुभूमि कुन हो ?
अरेबियन मरुभूमि

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु