गृहपृष्ठ पाल्पामा जिप दुर्घटना, चार जना गम्भीर घाइते
पाल्पामा जिप दुर्घटना, चार जना गम्भीर घाइते
पाल्पामा जिप दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । तानसेनबाट रामपुरतर्फ आउँदै गरेको लु १ ज १७८५ नम्बरको हुलास जिप रामपुर नजिकै दुर्घटना हँुदा चार जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा चालक २५ वर्षीय दानबहादुर सुर्यवंशी, पूर्वखोलाका २४ वर्षीया मिराकुमारी कानु मगर, रामपुर–२ ६० वर्षीया दिलमाया आले र ६२ वर्षीय बमबहादुर आले छन् । उनीहरुलाई लुम्बिनी मेडिकल कलेज पाल्पामा भर्ना गरिएको प्रहरीले बताएको छ ।
जिपमा सवार एकजना भने सकुशल छन् । तानसेन बजारमा दसैंको किनमेल सकेर फर्किँदै गरेका उनीहरु घर पुग्नु केही समयअघि दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:२७ बजे

















