गृहपृष्ठ सिटीसी मोबाइल हबमा किन्नेको भिड, शुन्य प्रतिशत व्याजदरमा मोबाइल
सिटीसी मोबाइल हबमा किन्नेको भिड, शुन्य प्रतिशत व्याजदरमा मोबाइल
काठमाडैंको सुनधारामा केही दिन पहिले सञ्चालनमा आएको सिटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको छ । मोबाइल हबको सुरुवातका साथै दसैं लक्षित धमाका अफरमा मोबाइल किन्नेहरुको भीड लागेको हो । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्य मानिएको मोबाइल हबमा निशुल्क पार्किङको सहज व्यवस्था भएकाले पनि ग्राहकको भीड लागेको हो ।
मोबाइल हबले ६० प्रतिशतसम्मको छुटमा विभिन्न ब्राण्डका मोबाइलहरु बिक्री गरिरहेको जनाएको छ । दसैंधमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको छ । हात खाली नजाने उपहारका कारण पनि मोबाइल मेलामा सेवाग्राहीको विशेष आकर्षण देखिएको हो ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा अफर मेलाको अर्को आकर्षण बनेको छ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण भैरहेको अयोजकले जनाएको छ ।
नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।
सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथैनेपालमा चल्तीमा रहेका अधिकांश ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हबमा उचित गन्तव्य बन्ने छ ।
प्रकाशित समय १८:२२ बजे


















