गृहपृष्ठ दसैंमा सेनाको निःशुल्क बस सेवा

दसैंमा सेनाको निःशुल्क बस सेवा

दसैंको अवसरमा नेपाली सेनाले सर्वसाधारणका लागि उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । विजया दशमीका दिन २ कात्तिकमा उपत्यकामा न्यून मात्र सवारी साधान चल्ने भएकाले बस सेवा सञ्चालन गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।

सवारी साधान चलाउनेहरुसमेत दसैं मान्न घर जाने भएकाले काठमाडौंका सडक सुनासान हुने गर्छन् । त्यो समयमा यात्रुहरुको सुविधाको लागि सेनाले निःशुल्क बस संञ्चालन गर्न लागेको हो ।

काठमाडौं उपत्यकाभित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा दिने उद्देश्यले ८ वटा रुटहरुमा बस चलाईने सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । ७ बजे, ११ बजे र ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको एकएक वटा बस सञ्चालन हुने छ ।

यस्तो छ बस चल्ने रुट
रुट नं. १– भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

रुट नं.३— भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।

रुट नं. ४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, सहिदगेट ।

रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

रुट नं.७— भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

रुट नं.८— भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

प्रकाशित समय १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु