गृहपृष्ठ कर्णालीमा डुंगा पल्टिदा दुई जना बेपत्ता, खोजी जारी

कर्णालीमा डुंगा पल्टिदा दुई जना बेपत्ता, खोजी जारी

कर्णालीमा डुंगा पल्टिदा दुई जना बेपत्ता भएका छन । कैलालीको मोहन्याल गाँउपालिका वडा नम्बर ७ को पिच्मारी नजिक सोमवार साँझ डुंगा पल्टिदा दुईजना बेपत्ता भएको र बाकि तीन जनाले पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन् ।

बेपत्ता हुनेमा कैलालीको जोशीपुर गाउपालिका वडा नम्बर ५ का २२ वर्षीय समिर बडेला र २३ वर्षीय पु्रुषोत्तम चौधरी रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले जानकारी दिए ।

डुंगामा सवार बौनियाका दुसान्त हमाल, चक्र विडारी र चालक सुगरखालका प्रकाश विष्ट भने पौडी खेलेर बाच्न सफल भएका छन् । घटना साँझ अबेर भएकाले रातको समयमा खोजी गर्न अप्ठारो भएको र मंगलबार बिहानबाट खोजी गरिने प्रहरी निरीक्षक केसीले बताए ।

प्रकाशित समय ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु