गृहपृष्ठ विरोधका बीच जनकपुरको राजदेवी मन्दिरमा १० हजार बोकाबली दिइँदै
विरोधका बीच जनकपुरको राजदेवी मन्दिरमा १० हजार बोकाबली दिइँदै
जनकपुरको प्रसिद्ध माता राजदेवी मन्दिरमा प्रत्येक वर्ष चढाउँदै आएको बोकाबली अष्टमी तिथि बुधबार साँझ ६:३० बजेदेखि सुरु हुने भएको छ । राममन्दिरमा आरती पूजा सम्पन्न भएपछि राजदेविमा बली दिन सुरु हुने आयोजकले जनाएको छ । बोकाबलीका लागि १० हजारभन्दा बढी रसिद काटिएको गुठी संस्थानले जनाएको छ ।
जनकपुरका विभिन्न धार्मिक संघसस्थाले बोकाबलीको विरोध गर्दै आएका छन् । गत वर्ष राजदेवी मन्दिरमा १७ हजारसम्म बली दिइएको थियो ।
प्रकाशित समय १३:३५ बजे

















