गृहपृष्ठ सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा

सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा

दसैंमा हुन सक्ने सम्भावित अपराधिक घटना रोक्नका लागि सुदूरपश्चिम प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशका सबै जिल्लामा जोखिम हेरेर सुरक्षा व्यवस्था कडा पारिएको प्रादेशिक प्रहरी कार्यालयले जनाएको छ ।

दसैं तिहार लक्षित एकीकृत सुरक्षा योजना लागु गरेको प्रहरीले त्यही अनुसार नौ वटै जिल्लामा सुरक्षा व्यवस्थामा कडाई गरेको बताएको छ । चाडपर्वमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्न सुदूरपश्चिम प्रहरीले एकिकृत सुरक्षा योजना लागु गर्दै त्यही अनुसार शान्ति सुरक्षा कायम गरिएको जनाएको छ । प्रहरीले ढुक्कसँग दसैं मनाउन सर्वसाधरणलाई आग्रह समेत गरेको छ ।

दसैं तिहारको समयमा चोरी डकैती, हत्या हिंसा सवारी दुर्घटना धेरै हुन सक्ने भन्दै त्यसको न्यूनीकरणका लागि विशेष योजनाका साथ प्रहरीले काम गरिरहेको छ । दसैंका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्दन माझीले बताए ।

जिल्लामा साइकल गस्तीदेखि हतियार सहितका सुरक्षाकर्मी परिचालन गरिएका छन । त्यस्तै सवारी साधन पुग्न नसकेका पहाडी जिल्लाका विभिन्न स्थानमा सुरक्षाकर्मीलाई पैदल गस्तीमा खटाईएको छ । संवेदनशील स्थानमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सीमावर्ती जिल्लामा हुन सक्ने सम्भावित अपराधिको न्यूनीकरण गर्दै ढुक्कसँग दशैं मनाउने गरी सुरक्षा प्रवन्ध मिलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरले बताए । चाडपर्वका लागि गन्तव्यतर्फ जाने यात्रुहरुको चाप वढी हुने गरेको छ । यात्रुको सुरक्षाको लागि पनि विषेश सुरक्षा योजना तय गरिएको छ ।

कैलाली कञ्चनपुरदेखि सुदूरपश्चिमका ६ पहाडी जिल्लाहरुमा डडेल्धुरा हुँदै यात्रुहरु गन्तव्य पुग्ने गरेका कारण सवारी साधनलाई नियमानुसार चल्नका लागि छुट्टै कामहरु गरिरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

क्षमताभन्दा वढी यात्रु बोक्ने, तिव्र गतिमा गाडी चलाउनेलाई कारवाही गर्दै यात्रुको सुरक्षित यात्राका लागि ठाउँ ठाउँमा चेकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव प्रहरी उपरीक्षक डम्मर केसीले बताए । ग्रामीण क्षेत्रहरुमा पनि सरक्षा सर्तकता अपनाइउको प्रादेशिक प्रहरीका प्रवक्त विक्रम चन्दले बताए ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु