गृहपृष्ठ पूर्वअर्थमन्त्री श्रेष्ठको निधन
पूर्वअर्थमन्त्री श्रेष्ठको निधन
पूर्वअर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठको निधन भएको छ । गए राति पुल्चोकस्थित निदान अस्पतालमा उनको निधन भएको छ ।
पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उनका भानिज दिनेश श्रेष्ठले जानकारी दिए ।
अर्थशास्त्री श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गरेका थिए ।
उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनका भानिज श्रेष्ठका अनुसार स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिनेछ । रासस ।
प्रकाशित समय १८:२१ बजे

















