गृहपृष्ठ बर्दघाटबाट लागुऔषधसहित दुई जना पक्राउ
बर्दघाटबाट लागुऔषधसहित दुई जना पक्राउ
पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागुऔषध बरामद गरेको हो ।
उनीहरुको साथबाट स्पास्मो प्रोक्सिभन ८० क्याप्सुल, नाइट्रोभेट ४४७ ट्याबलेट र फेन्सिड्रिल एक सय मिलीलिटरको ५० थान बरामद भएको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।(रासस)
प्रकाशित समय ०८:१७ बजे

















