गृहपृष्ठ भीरबाट लडेर दुई महिलाको मृत्यु

भीरबाट लडेर दुई महिलाको मृत्यु

death-newskarobar

बझाङको तल्कोट गाउँपालिकामा भीरबाट लडेर मंगलबार एक महिलाको मृत्यु भएको छ ।

स्याउला ल्याउन जंगल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो । घाइते धामीको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै घाँस काट्ने क्रममा भीरबाट लडेर खप्तड छान्ना गाउँपालिका–१ गोठखोलाका २२ वर्षीया पार्वती जोशीको मृत्यु भएको छ । घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । (रासस)

प्रकाशित समय ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु