गृहपृष्ठ रियो भालेकानोमाथि बार्सिलोनाको कठिन जित
रियो भालेकानोमाथि बार्सिलोनाको कठिन जित
स्पेनिस ला लिगमा शीर्ष स्थानको बार्सिलोनाले रियो भालेकानोमाथि कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियो भालेकानोलाई उसकै मैदानमा तीन–दुईको कठिन जित निकाल्दै अपराजित यात्रा कायम राखेको हो ।
बार्सिलोनाको जितका लागि लुइस स्वारेजले दुई गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ११औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो ।
लियोनल मेस्सीबिना मैदानमा उत्रिएको बार्सिलोनाविरुद्ध रियोका जोस एञ्गल पोजोले ३५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा एल्भारो गार्सियाले गोल गर्दै घरेलु टिम भालेकानोलाई अग्रता दिलाए । तर, ८७औं मिनेटमा डिम्बालाले बार्सिलोनाका लागि बराबरी गोल गरे ।
खेलको अन्तिम समयमा लुइस स्वारेजले सेर्गी रोबेर्टोको पासमा उत्कृष्ट गोल गरेपछि बार्सिलोनाले जित हात पार्यो । जितसँगै बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ ।
प्रकाशित समय ०८:०१ बजे

















