गृहपृष्ठ धनकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइयो लक्ष्मीपूजा
धनकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइयो लक्ष्मीपूजा
यमपञ्चकको तेस्रो दिन हिन्दूहरूले धनकी देवी लक्ष्मीको धुमधामका साथ पूजाआराधना गरेर लक्ष्मीपूजा मनाएका छन् । हरेक वर्षझैं आज (कार्तिक शुक्ल औंसी) को साँझ पनि लक्ष्मीको पूजाआराधना गरी लक्ष्मी पूजा मनाइएको हो ।

फलफूल, मिठार्इ, अर्घ्य, चन्दन, सौभाग्य, नैवेध, बिमिरो, ओखर, पान, भेटी, कटुस, बयर चढाउनका साथै, गरगहना राखी धूपदीप बालेर कार्यालय एवं घर–घरमा लक्ष्मीपूजा गरिएको छ । विधिपूर्वक लक्ष्मी पूजा गर्नाले श्रीसम्पत्ति र ऐश्वर्य तथा सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ । कार्तिक शुक्ल औंसीलार्इ सुखरात्रि पनि भनिन्छ ।



प्रकाशित समय २०:४९ बजे

















