गृहपृष्ठ रुपन्देहीमा साढे ४ लाख रकमसहित नौ जुवाडे पक्राउ
रुपन्देहीमा साढे ४ लाख रकमसहित नौ जुवाडे पक्राउ
रुपन्देहीको तिलोत्तमामा जुवा खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई जुवातास ऐनअनुसार मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
जुवाकोखालबाट ४ लाख २६ हजार नगदसहित अमृत वस्याल, तिलक भुसाल, चक्र पाठक, कमल पाठक, हरि पौडेल, नितेष न्यौपाने, तुल्सीराम कँडेल, मुकेश पाण्डे र शिवलाल कँडेल पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
प्रकाशित समय १९:५८ बजे

















