गृहपृष्ठ छठ पर्वमा प्रदेश १ को सरकारले सांस्कृतिक महोत्सव गर्ने

छठ पर्वमा प्रदेश १ को सरकारले सांस्कृतिक महोत्सव गर्ने

प्रदेश १ को सरकारले छठ पर्वको अवसरमा विराटनगरमा जलपान तथा संस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ । आगामी कार्तिक २८ गते आयोजना हुने जलपान तथा संस्कृतिक महोत्सवका लागि मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १ सय १ सदस्य मुख्य आयोजक समिति गठन गरिएको छ ।

प्रदेश सरकारको तर्फबाट कार्यवहाक मु्ख्यमन्त्री रहेका हिक्मत कार्कीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी विराटनगरको आर्दश माध्यामिक विद्यालयको प्राङ्गणमा अपरान्ह १ बजेदेखि ४ बजेसम्म जलपान तथा संस्कृतिक महोत्सव आयोजना हुने जानकारी दिए ।

संस्कृतिक महोत्सवमा झाँगड, सन्थाल, बाँतर, थारु, मुस्लिम, राजवंशी नृत्यसँगै झाँकी प्रस्तुत हुने जानकारी दिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वरा आयोजित पत्रकार सम्मेलनमा संस्कृतिक महोत्सवमा कलाकार दीपा श्री निरौला, विलसन विक्रम राई, सुमित खड्का लगायतका कलाकारको प्रस्तुती रहने छ । जलपान तथा संस्कृतिक महोत्सवको व्यवस्थापकीय जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ ।

प्रकाशित समय ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु