गृहपृष्ठ नेप्सेको वेबसाइटमा आज पनि समस्या

नेप्सेको वेबसाइटमा आज पनि समस्या

share-bazar-newskarobar1

कात्तिक २० गते सेयरको अनलाइन कारोबार सुरु भएयता नेप्सेको वेबपेजमा निरन्तर समस्या आएको छ । अनलाइन कारोबार सुरु भए पनि नेप्से व्यवस्थापनले वेबपेज अपडेटमा कुनै चासो नदेखाएपछि समस्या आएको हो ।

राजधानीको पाँचतारे होटलमा अनलाइन कारोबारको उट्घाटन हुँदै गर्दा समस्या आएको वेबपेज पाँच दिनसम्म पनि बनेको छैन । नेप्सेको वेबपेज आइतबार पनि बन्द हुँदै खुल्दै गरेपछि लगानीकर्ताले नेप्सेको कारोबार हेर्न पाएका छैनन् ।

अनलाइन कारोबार प्रणालीको उद्घाटनसँगै दंग परेका लगानीकर्ता साइटमा समस्या आएपछि निरुत्साहित बनेका छन् । नेप्सेको साइटमा अनलाइन कारोबार हेर्न नपाएपछि लगानीकर्तामा अनलाइन प्रणालीप्रति नै आशंका बढेको छ । नेप्सेले मंगलबारदेखि पुरानो प्रणाली छाडेर नयाँबाट कारोबार सुरु गरेको हो ।

share-bazar-newskarobar1

नेप्सेका प्रवक्ता मुरारी पराजुलीले नेप्सेको वेबसाइटमा पुरानै समस्या दोहोरिएको बताए । ‘सेयर कारोबारको तथ्यांक इन्टरनेटमा अपडेट नभएको हो,’ न्युज कारोबारसँग उनले भने, ‘इन्ट्रानेटमा कारोबार भइरहेको छ ।’ समस्याको दीर्घकालीन समाधानका लागि प्रयास गरिरहेको उनले जानकारी दिए ।

share-bazar-newskarobar2

साइटमा समस्या अाएपछि एउटै तथ्यांक दुर्इ ठाउँमा देखिएको छ भने कतिपय तथ्यांक अपडेट नै भएका छैनन् । तथ्यांक पनि जथाभावी प्रकाशित भइरहेका छन् ।

प्रकाशित समय ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु