गृहपृष्ठ नाइजेरियामा हैजाको प्रकोप, १७५ जनाको मृत्यु

नाइजेरियामा हैजाको प्रकोप, १७५ जनाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा हैजाको प्रकोप फैलिएको छ । हैजाकै कारण अहिलेसम्म १७५ जनाले ज्यान गुमाएका छन् ।

अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट १० हजार भन्दा बढी प्रभावित भएका छन् । बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजाको प्रकोप फैलिएको नर्वेली शरणार्थी परिषद्ले जनाएको छ ।

मानवीय सहायता सम्बन्धी समूहहरूले उत्तरपूर्वी प्रदेशहरू अडामावा, बोर्नो र योबेमा हैजाको प्रकोप छिटो छिटो फैलिएको बताएका छन् । नोभेम्बर महिनाको सुरुवाती दिनहरूमै प्रकोप फैलिएको समाचारमा जनाइएको छ ।

नाइजेरियामा सन् २००९ देखि वार्षिक रुपमै हैजाको प्रकोप फैलिने गरेको छ ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु