गृहपृष्ठ म्यानमारकी नेतृ सूचीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता
म्यानमारकी नेतृ सूचीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता
मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ साङ सूचीलाई प्र्रदान गरिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ ।
एम्नेस्टीले सुकीबाट प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको कदर स्वरुप प्रदान गरेको सर्वोच्च सम्मान फिर्ता लिएको हो । अल्पसंख्यक रोहिन्ग्याँ समुदायका लाखौ विस्थापित र हिंसाका कारण हजारौं ज्यान जाँदासमेत मौन बसेको भन्दै सम्मान फिर्ता लिएको एम्नेस्टीले जनाएको छ ।
प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा आफ्नै घरमा नजरबन्दमा रहेको बेला सन् २००९ मा सूचीलाई एम्बेसडर अफ कन्साइन्सस अवार्ड दिइएको थियो ।
प्रकाशित समय १०:११ बजे

















