गृहपृष्ठ नगरपालिकाभित्रै पसेर गाडीमा आगजनी
नगरपालिकाभित्रै पसेर गाडीमा आगजनी
जुम्लाको एक नगरपालिकाको ४० लाख रुपैयाँ पर्ने गाडी अज्ञात समूहले जलाइदिएको छ । मध्यरातमा चन्दननाथ नगरपालिकाको प्रांगणभित्रै पसेर अज्ञात समूहले क १ झ १ नम्बरको गाडी जलाइदिएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार राति करिब एक बजे नगरपालिकाका सुरक्षा गार्ड बिष्णुप्रसाद न्यौपानेले गाडी जलाइएको थापा पाएका थिए । ‘त्यसपछि मैले सबैलाई जानकारी गराएँ,’ उनले भने, ‘म र सानो छोरा सुतेको अवस्थामा पूर्वतिर रहेको ढोकामा नचिनेका मान्छेले ढक ढक हाने, मैले ढोका खोलेर हेर्दा गाडी जलिरहेको थियो ।’
गाउँले, प्रहरी र सेना मिलेर आगो निभाइएको उनले बताए । गाडीको माथिल्लो भाग पुरै जलेको छ । जलेको गाडी ४० लाख रुपैयाँ बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले बताए । नगरपालिका प्रमुख भारत र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित समय १०:५४ बजे

















