गृहपृष्ठ सुनसरीमा गोली हानी एक जनाको हत्या
सुनसरीमा गोली हानी एक जनाको हत्या
सुनसरीको दुहवीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
दुहबी गाउँपालिका– ९ मा रहेको जयबावा इँटा भट्टामा कार्यरत फिदा हुसेनमाथि मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । हुसन दुहबी गाउँपालिका वडा नंंम्बर ९ का वडाअध्यक्ष मेहदी हुसेनका भाइ हुन् ।
छातीमा गोली लागी गम्भीर घाइते भएका हुसेनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । २० वर्षदेखि इट्टा उद्योगमा कार्यरत हुसेनले उद्योगको सम्पूर्ण रेख देखगर्दै आएका थिए ।
प्रकाशित समय १०:२३ बजे

















