गृहपृष्ठ १० किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

१० किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६ लाख रुपैयाँभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट १० किलो चाँदीसहित भारत बिहार पश्चिम चम्पारण चनपटिया निवासी गुलसन साह कानुलाई नियन्त्रणमा लिएको हो ।

वीआ२२एडी ३५२० नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका कानुलाई सिर्सिया नाकामा रोकी जाँच गर्दा चाँदी भेटिएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।(रासस)

प्रकाशित समय ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु