गृहपृष्ठ अष्ट्रेलियामा धुलोसहितको आँधी
अष्ट्रेलियामा धुलोसहितको आँधी
अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रमा धुलोसहितको आँधी आएको छ । धुलोसहितको आँधीका कारण आकाश पूरै पहेलो भएको छ र वायुप्रदुषण बढेको बीबीसीले जनाएको छ । जनस्वाथ्य अधिकारीहरुले बिहीबारसम्म सिड्नी आइपुग्न सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेका छन् ।
५ सय किलोमिटर क्षेत्रमा फैलिएको सिड्नी क्षेत्रमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । अष्ट्रेलियाको न्यू साउथ वलेसको धेरै क्षेत्रमा धुलो आँधीका कारण केही देख्न सकिएको छैन । तीव्र गतिमा चलेको हावाले सुख्खा माटो उडाएको छ । धुलोसहितको आँधीका कारण बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
प्रकाशित समय १३:२१ बजे

















