गृहपृष्ठ हुसेन हत्या प्रकरण : सडकमै शव राखेर प्रदर्शन

हुसेन हत्या प्रकरण : सडकमै शव राखेर प्रदर्शन

सुनसरीको दुहबी–९ छाताबेलीका फिदा हुसेनका हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले बिहीबार पनि प्रदर्शन गरेका छन् । हुसेनको शव सडकमै राखेर स्थानीयले प्रदर्शन गरेका हुन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापा घटनास्थल आउनु पर्ने अडान राखेका छन् । मुस्लिम समुदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्रीले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनीहरुको माग छ ।

शहीद घोषणा र सरकारी क्षतिपूर्ति भन्दापनि गोली हान्ने समुहको पहिचान गरी कारबाहीको दायरामा ल्याउन मुस्लिम खगुवाहरुले माग गरेका छन । मृतक हुसेनको शव हिजो मध्यान्हबाटै दुहवी स्थित डाँगा चौकमा राखिएको छ । टेण्ट गाडेर मृतकका परिवार सहित स्थानीयले शव सडकमै राखी प्रर्दशन जारी राखेका छन् । आफुहरुको माग सुनुवाई नभए आन्दोलनलाई शशक्त बनाउने मुस्लिम समुदायले चेतावनी दिएको छ ।


हुसेन हत्याको विरोधमा सुनसरीको दुहबी सहित भमरी, औराबनी, इनरुवा लगायतका क्षेत्रमा समेत परेको छ । दुहबी सडक अवरुद्ध हुँदा सो सडकखण्ड भएर गुड्ने सवारीका साधन ठप्प भएका छन् । दुहबीका उद्योग कल कारखाना, शिक्षणसंस्था र बजार पूर्ण रुपमा बन्द छन् ।
बन्दका कारण कोशि राजमार्गमा चल्ने सवारीका साधनहरु बैकल्पिक सडकबाट चलिरहेका छन् । बन्दले जनजिवन प्रभावित भएको छ । सुनसरी प्रहरीले भने हत्याराको खोजी भइरहेको बताएको छ ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु