गृहपृष्ठ बोको हरामको विद्युतीय धरापमा परेर ७० सैनिकको मृत्यु

बोको हरामको विद्युतीय धरापमा परेर ७० सैनिकको मृत्यु

nigeria-newskarobar

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हरामले राखेको विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मी मारिएका छन् । केही दिनअगाडl भएको घटनामा परी उनीहरू मारिएको सैन्य अधिकारीहरूले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

बोर्नोको मेलेटे क्षेत्रमा बोको हरामले सुरक्षाकर्मीहरूको टोलीलाई लक्षित गरेर राखेको विद्युतीय धरापमा उनीहरू परेको सुरक्षा स्रोतले जनाएको छ ।

मारिएका मध्ये अधिकांश तल्लो तहका सैनिक छन् भने एक जना प्रमुख सेनानी रहेको समाचारमा जनाइएको छ । तर सैन्य प्रवक्ताले भने यस बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । (रासस)

प्रकाशित समय १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु