गृहपृष्ठ काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, २ घाइते

काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, २ घाइते

accident_newskarobar

काठमाडौंमा शनिबार बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

कोटेश्वरमा भाटभटेनी सुपरमार्केट अगाडि ना ६ ख ५५९२ नम्बरको ट्रकमा ना ५ ख ४०२६ नम्बरको बस ठोक्किँदा सर्लाही मुलुङगाका ७१ वर्षीय शम्भू परियारको ज्यान मृत्यु भएको छ । बसमा सवार शम्भूकी श्रीमती रिता र सर्लाही ढुंग्रेखोलाका डम्बर श्रेष्ठको ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहानै बल्खुमा टिप्परको ठक्करबाट माइक्रोचालकको मृत्यु भएको छ । बा ४ ख ९५७५ नम्बरको टिप्परले बा १ ज ८८५५ नम्बरको माइक्रोलाई ठक्कर दिँदा घाइते भएका सिन्धुपाल्चोकका ६४ वर्षका बाबुकाजी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएपछि टिपर चालक फरार भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु