गृहपृष्ठ ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

petrol mulya-newskarobar

नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ ।

विभागले पछिल्लो एक महिनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो । कारवाही पर्नेमा बारा कलैयाका विजय आयल स्टोर, ममता आयल स्टोर, हरिओम आयल स्टोर, जयविकास आयल स्टोर, बरीयापुरको स्वस्थानी आयल स्टोर, अमित आयल स्टोर, शंकर आयल स्टोर, काठमाडौंको स्वयम्भूस्थित न्यू बगलामुखी आयल स्टोर, रुपन्देहीको शंकर पेट्रोलियम, लुम्बिनी लोटर्स आयल स्टोर, कपिलवस्तुको रिया आयल सप्लायर्स र ओखलढुंगाको खुश्बु फ्यूल सप्लायर्स छन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवयर प्रविधिको माध्यमबाट व्यापक मात्रामा उपभोक्ता ठगी गर्ने पेट्रोलपम्पलाई कारवाही गरिएको बताए । ‘कारवाही गरिएका पेट्रोलपम्पलाई नगद ३० हजार, तीन वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरेका छौँ ।’ उनले भने ।(रासस)

प्रकाशित समय १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु