गृहपृष्ठ यस्तो छ सामाजिक सुरक्षा योजनाको कार्यविधि

यस्तो छ सामाजिक सुरक्षा योजनाको कार्यविधि

roadblock design

नयाँ युगको आरम्भ भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । सामाजिक सुरक्षा योजनामा औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजनालगायतका योजना समेटिएका छन् । कार्तिक २७ गते राजपत्रमा सूचना प्रकाशित गरी योजनामा सूचिकृत हुन सबै रोजगारदाता कम्पनीलाई समयसीमा दिइएको छ ।

योजनामा समावेश भएका श्रमिकले सामाजिक सुरक्षा कोषबाट ४ प्रकारका सुविधा पाउने व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार श्रमिकले औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको छ ।

योजनामा सूचिकृत रोजगारदाता कम्पनीले सबै श्रमिकको आधारभूत परिश्रमिकबाट ११ प्रतिशत र कम्पनीका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ ।

यस्तो छ सामाजिक सुरक्षा योजनाको कार्यविधि

  • औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजना ।
  • योजनामा समावेश भएको दिनदेखि नै दुर्घटना तथा अशक्तता योजनाको सुरक्षा ।
  • अन्य दुर्घटनामा सात लाख रुपैयाँसम्मको उपचार खर्च ।
  • योगदानकर्ताको मृत्यु भएमा पति वा पत्नीलाई अन्तिम आधारभूत तलबको ६० प्रतिशतका दरले आजीवन पेन्सन ।
  • १८ वर्ष मुनिका छोरा छोरीका लागि ४० प्रतिशत शैक्षिक बृत्ति ।
  • दम्पती वा सन्तान नभएकामा योगदानकर्ताका बुवा आमालाई पनि ६० प्रतिशत रकम आजीवन ।
  • योगदानकर्ताको अवकाशपछि बृद्धाअवस्था सुरक्षा योजना अन्तरर्गत निवृत्तिभरण ।

प्रकाशित समय २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु