गृहपृष्ठ सामाजिक सुरक्षा लागू हुनु श्रमिकको गौरवको विषय
सामाजिक सुरक्षा लागू हुनु श्रमिकको गौरवको विषय
सामाजिक सुरक्षा योजना लागू भएपछि मजदुर संगठनका नेताहरुले स्वागत गरेका छन् । मंगलबार योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा उनीहरुले सबै बर्गका मजदुरलाई यसमा समेट्न आग्रह गरे ।
नेपाली श्रमिक उचित सामाजिक सुरक्षाको अभावमा भौतारिनुपर्ने वा विदेशीनुपर्ने कहाली लाग्दो व्यवस्थाबाट आशाको सञ्चार भएको संयुक्त ट्रेड युनीयन केन्द्रका अध्यक्ष विश्वनाथ प्याकुरेल बताउँछन् । ‘यतिखेर सरकार सामाजिक सुरक्षा योजना लागू गर्ने चरणमा छ, हामी सम्पुर्ण ट्रड युनीयन संगठनका तर्फबाट सम्पूर्ण श्रमिक बर्गको जीवनमा यो योजना कार्यानवयन गर्न गराउन लाग्नेछौ,’ उनले भने, ‘सबै पक्षसँग कार्यान्वयको प्रतिवद्धता र सरकारले उचित अनुगमन गर्नेछ भन्ने आशा छ ।’
एक दशकअघि नै अवधारणा तय भएको योजना ढिलै भए पनि कार्यान्वयनको प्रक्रियामा जानु ठूलो उपलब्धी भएको नेपाल ट्रेड युनीयन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए । ‘ठूलो आन्दोलनबाट संविधानबाटै श्रमीकको मौलिक हकको रुपमा स्थापित गर्यो, श्रमिकले सुविधा पाएपछि उनीहरुलाई मुलुक समृद्धिको दिशामा अघि बढाउन झन् प्रेरणा मिल्नेछ,’ श्रेष्ठले भने ।
नेपाली श्रमिकको लामो समयदेखिको सपना पूरा हुने क्रममा गएको नेपाल ट्रेड युनीयन कंग्रेसका अध्यक्ष पुस्कर आचार्य बताउँछन् । उनी भन्छन्, ‘सम्पुर्ण श्रमिकलाई समटे्ने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनको प्रक्रियामा जानु श्रमिकको लागि गौरबको बिषय हो ।’
निम्न आय भएका मजदुरलाई यस योजनाले समट्ने हुँदा श्रमिकको गौरबको विषय भएको अखिल नेपाल ट्रेड युनीयनका महासंघ अध्यक्ष गणेश रेग्मीको भनाई छ । ‘नेपाली श्रमिक जीवन हत्केलामा राखेर काम गर्न विदेशीनुपर्ने समस्यालाई, सामाजिक सुरक्षा योजनाले समाधान गरिदिनेछ, योजना कार्यान्वयनको लागि सबै लाग्नुपर्छ,’ रेग्मीले भने ।
पसिना बगाएर गरेको श्रम भविश्यको चिन्ताको लागि बचतको अबसर हुने संयुक्त ट्रेडयुनीयन समन्वय केन्द्रका महासचिव चिरकमान श्रेष्ठ बताउँछन् । यद्यपी कार्यान्वयनको पाटो उत्तिकै जटिल रहेको उनको भनाई छ । उनले भने ‘लाखौं सङख्यामा रहेका श्रमीकहरुलाई यस योजना अन्तगर्त समेट्न चुनौती छ, दैनिक ज्यालादारी मजदूरीलाइ यस योजनामा समेट्न चुनौती छ ।’
प्रकाशित समय २०:१७ बजे

















