गृहपृष्ठ आज बिजोर नम्बरका सवारी मात्र चलाउन पाइने

आज बिजोर नम्बरका सवारी मात्र चलाउन पाइने

dhangadi-buspark-newskarobar

काठमाडौं उपत्यकामा आज बिजोर नम्बरका सवारी साधन चलेका छन् । ‘एसिया प्यासिफिक समिट, २०१८’ लाई मध्यनजर गर्दै जोर बिजोर प्रणली लागू गरेकाले आज बिजोर नम्बरका गाडी मात्र चलेका हुन् ।

समिटका लागि आउने विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा विशिष्ट पाहुनाहरुको सुरक्षा र सहज आवागमनका लागि भन्दै उपत्यकाभर जोर–बिजोर प्रणाली लागू गरिएको हो । मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन चलाउनुपर्ने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

प्रकाशित समय १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु