गृहपृष्ठ वरबधु खोज्न तथा धार्मिक कार्य गर्न ‘गुरू मन्जरी’ स्थापना
वरबधु खोज्न तथा धार्मिक कार्य गर्न ‘गुरू मन्जरी’ स्थापना
सनातनी परम्पराको जगेर्ना गर्नुका साथै धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन अस्ट्रेलियामा रहेका नेपाली पण्डितहरूले ‘गुरू मन्जरी’ नामक संस्था स्थापना भएको छ । विशेषगरी विवाहका साथै ज्योतिषी परामर्श, वास्तु परामर्श र विभिन्न धार्मिक अनुष्ठानका लागि संस्था स्थापना गरिएको हो ।
विदेशमा सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभुषा, जात, वर्ण र शैक्षिक योग्यताअनुरूपको वरबधुको मिलनका लागि यो संस्थाले नेपाल महोत्सव सिड्नी २०१८ को अवसर पारेर मेरो स्वयम्बर नामक वेबसाइट पनि सञ्चालनमा ल्याएको छ । वेबसाइटको सिड्नीका लागि नेपाली वाणिज्य दूत दिपक खड्काले उद्घाटन गरे ।
व्यस्त जीवनमा वर तथा बधु खोज्ने कार्यलार्इ सहज बनाउन वेबसाइट सञ्चालनमा ल्याएको संस्थाका संयोजक प्रकाश ढोडारीले जानकारी दिए । विवाह र यस सम्बन्धित सबै विषयको परामर्शका लागि प्रकाश पण्डितको संयोजकत्वमा एउटा टिम बनाइएको छ भने ज्योतिषी परामर्शका लागि ज्योतिषविद राजु शर्मा भेटवाल र वास्तुसम्बन्धी विषयमा श्रद्धा बिष्टको संयोजकत्वमा २१ जना दक्ष पण्डित रहने उनले जानकारी दिए ।
अस्ट्रेलियाका साथै नेपाल, अमेरिका, बेलायत, क्यानडा र जापानमा ‘गुरू मन्जरी’ का कार्यालय खुलिसकेका छन् । अस्ट्रेलियाबाट संयोजक ढोडारी छन् भने सदस्यका रुपमा अमेरिकाको न्युयोर्कमा पण्डित उद्धव शास्त्री, पण्डित रमनराज शास्त्री, वासिङ्गटन डिसीमा पण्डित राजेन्द्र खनाल, टेक्सासबाट पण्डित भवानीशंकर शास्त्री र क्यालिफोर्नियाबाट पण्डित बासुदेव घिमिरे छन् । यस्तै नेपालबाट धार्मिक अभियन्ता मुकुन्द शर्मा, बेलायतबाट पण्डित दुर्गाप्रसाद पोखरेल र पण्डित जगदिश पौडेल, क्यानडाबाट पण्डित धर्मदाश शास्त्री, जगदिश गैरे, न्युजिल्यान्डबाट पण्डित घनश्याम काफ्ले र जापानबाट पण्डित भगिरथ सापकोटा क्रियाशील रहेको संस्थाले जनाएको छ ।
प्रकाशित समय ११:१९ बजे

















