गृहपृष्ठ हात्तीले मान्छे मारेको विरोधमा स्थानीय आन्दोलित, ठोरी–माडी सडकखण्ड बन्द
हात्तीले मान्छे मारेको विरोधमा स्थानीय आन्दोलित, ठोरी–माडी सडकखण्ड बन्द
हात्तीको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको विरोधमा स्थानीयले ठोरी–माडी सडकखण्ड बन्द गराएका छन् । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको विरोधमा स्थानीयले सडकखण्ड बन्द गरेका हुन् ।
उनीहरुले हात्ती नियन्त्रण गर्न माग गरेका छन् । मंगलबार घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया कृष्णकली पौडेल जैसी र अन्दाजी ३२ वर्षीया सुशीला भण्डारीको मृत्यु भएको थियो ।
प्रकाशित समय १२:०२ बजे

















