गृहपृष्ठ जनता बैंक र नेपाल नेत्रज्योति संघबीच सम्झौता

जनता बैंक र नेपाल नेत्रज्योति संघबीच सम्झौता

janata-bank-nepal-netrajyoti-sangh-newskarobar

जनता बैंक र नेपाल नेत्रज्योति संघबीच निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. तीर्थप्रसाद मिश्रले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार देशका दुर्गम रसुवा, रामेछाप, रोल्पा र हुम्लाका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरिनेछ । शिविरमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्नुका साथै आवश्यक औषधि र चस्मा पनि प्रदान गरिनेछ । शिविरमा आँखा उपचारका साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धित बिरामीको परीक्षण गर्ने र आङ खस्नेसम्बन्धी समस्या भए निःशुल्क शल्यक्रिया गरिने जनता बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत वर्ष सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची र जुम्लामा गरिएको स्वास्थ्य शिविरमा ८२ जनाको मोतिबिन्दुको तथा सात जना महिलाको पाठेघरको निःशुल्क शल्यक्रिया गर्नुका साथै करिब ४ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा स्वास्थ्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रकाशित समय ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु