गृहपृष्ठ गोंगबुमा बालकको अपहरणपछि हत्या, एक जना पक्राउ
गोंगबुमा बालकको अपहरणपछि हत्या, एक जना पक्राउ
काठमाडौंको गोंगबुमा एक बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
प्रहरीले बालकको शव मैपीको फेला पारको हो । बिहीबार हत्या गरिएको अवस्थामा बालकको शव भेटिएको हाे । उनको शव झोलामा फेला परेको थियो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक महेन्द्र सार्की रहेका छन् । प्रयास गत मंगलबारदेखि हराएका थिए ।
प्रकाशित समय १७:०६ बजे

















