गृहपृष्ठ आज जोर नम्बरका सवारी साधनको पालो
आज जोर नम्बरका सवारी साधनको पालो
काठमाडौं उपत्यकामा आज जोर नम्बरका सवारी साधन चलेका छन् । ‘एसिया प्यासिफिक समिट, २०१८’ लाई मध्यनजर गर्दै जोर बिजोर प्रणली लागू गरेकाले आज बिजोर नम्बरका गाडी मात्र चलेका हुन् ।
समिटका लागि आउने विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा विशिष्ट पाहुनाहरुको सुरक्षा र सहज आवागमनका लागि भन्दै उपत्यकाभर जोर–बिजोर प्रणाली लागू गरिएको हो ।
मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन चलाउनुपर्ने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
प्रकाशित समय ०७:१६ बजे

















