गृहपृष्ठ कांग्रेस केन्द्रीय समितिको बैठक अाज पनि बस्दै
कांग्रेस केन्द्रीय समितिको बैठक अाज पनि बस्दै
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्दै छ । बिहीबार बसेको बैठकमा विधानमाथि नेताहरूले धारणा राख्ने क्रम नसकिएपछि शुक्रबार पनि बैठक बस्न लागेको हो ।
विधान संशोधन मस्यौदा समितिले मंसिर ९ मा केन्द्रीय समितिमा मस्यौदा पेस गरेपछि बिहीबारबाट छलफल सुरु भएको हो । बैठक शुक्रबार ११ बजे बस्ने कांग्रेसले जनाएको छ ।
प्रकाशित समय ०७:२६ बजे

















