गृहपृष्ठ संगठित हुँदै ट्रिप्पर व्यवसायी

संगठित हुँदै ट्रिप्पर व्यवसायी

trippar-newskarobar

ट्रिप्पर सञ्चालन गरी ढुवानीजन्य व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित हुन थालेका छन् । विभिन्न समयमा पर्ने समस्यालाई समाधानको लागि उनीहरुले संगठन नै बनाएर अगाडि बढ्ने निर्णय समेत गरेका छन् ।

पाल्पा र आसपास रहेका चुनढुङ्गा तथा नदीजन्य पदार्थको ढुवानी गर्दै आएका व्यवसायीहरुले आफूले व्यहोर्दै आएका समस्याहरुलाई सम्बन्धित निकायमा पुर्याउन पनि संगठनको आवश्यकता महसुस गरेको बताए ।

शुक्रबार तिनाउ गाउँपालिका झुम्सामा व्यवसायीहरुको प्रारम्भिक भेला सम्पन्न भएको छ । भेलाबाट छिट्टै नै ट्रिप्परसँग सम्बन्धित व्यवसायीहरुको संगठन नै बनाएर अगाडि बढ्ने निर्णय भएको व्यवसायी अरविन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार केही दिनमा व्यवसायीहरुको वृहत भेलाबाट संगठन निर्माण गर्ने योजना बनाइएको छ ।

भेलामा अधिवक्त महेन्द्र पाण्डेले कानुनी रुपमा नै संगठन दर्ता गरेर विभिन्न विकास निर्माण लगायत संगठनको हक हितका साथै अनुसासन कायम राख्न महत्पूर्ण भुमिका खेल्न आग्रह गरको थिए । यस्तै भेलामा व्यवसायीहरु विष्णुप्रसाद पाण्डे, राम थापा, तोया लम्साल लगायतले बोल्दै ट्रिप्पर सञ्चालनको लागि बेला–बेलामा राज्यले विभिन्न कोणबाट दुःख दिने गरेको प्रति सचेत हुदै संगठन विस्तारको अभियानमा लाग्नुपर्ने बताए ।

प्रकाशित समय २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु