गृहपृष्ठ प्रेस काउन्सीलको टोलीद्वारा कर्णालीका मुख्यमन्त्रीसँग भेटवार्ता
प्रेस काउन्सीलको टोलीद्वारा कर्णालीका मुख्यमन्त्रीसँग भेटवार्ता
प्रेस काउन्सिल नेपालको टोली र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीबीच भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा काउन्सिलका बोर्ड सदस्य खिलबहादुर भण्डारी नेतृत्वको टोलीले कर्णाली प्रदेशका आमसंचार माध्यमहरुको अवस्था, पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था र प्रेस काउन्सीलको प्रादेशिक कार्यालय स्थापना लगायतका विषयमा छलफल गरेको छ ।
भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका मिडिया तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार गम्भीर रहेको बताए छन् । स्वतन्त्र मिडियाको विकासले मात्रै लोकतान्त्रिक पद्दति संस्थागत हुने बताउँदै प्रेस स्वतन्त्रताको प्रत्याभूति र मिडियाको सर्वांगीण विकासको लागि आवश्यक नीति तथा कार्यक्रम वनाएर अगाडि बढ्ने कुराको समेत मुख्यमन्त्री शाहीले प्रतिवद्दता व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले पत्रकारको क्षमता विकास र पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थालाई सुदृढ गर्न प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको पनि जानकारी समेत दिएका छन् ।
प्रकाशित समय २०:१९ बजे

















