गृहपृष्ठ फ्रान्समा इन्धन मूल्यवृद्धि विरुद्धको प्रदर्शन चर्किँदै, एकको मृत्यु

फ्रान्समा इन्धन मूल्यवृद्धि विरुद्धको प्रदर्शन चर्किँदै, एकको मृत्यु

फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ ।

दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

विगत केही समयदेखि पहेंलो पहिरनमा प्रदर्शनमा उत्रिएका सवारीधनीले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै आएका छन् । प्रदर्शनकारीले आइतबार १० किलोमिटर लामो सडकखण्डमा यातायात अवरूद्ध गरेका थिए ।

यसैबीच, सरकार विरोधी आन्दोलनमा २६३ जना घाइते बनेको र सयौँको संख्यामा नागरिक पक्राउ परेपछि समस्या समाधानका लागि राष्ट्रपति इमानुयल म्याक्रोँ सरकारी अधिकारीसँग आपतकालिन बैठकमा सहभागी भएका छन् ।

अर्जेन्टिनामा भएको जी–ट्वान्टी सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका म्याक्रोँले प्रधानमन्त्री, गृहमन्त्री, तथा उच्च अधिकारीलाई बोलाई समस्याबारे जानकारी लिएको बताइएको छ ।

प्रकाशित समय १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु