गृहपृष्ठ बालिकामाथि ‘सामूहिक बलात्कार’, ६ जना पक्राउ
बालिकामाथि ‘सामूहिक बलात्कार’, ६ जना पक्राउ
महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीको देवदहमा पाँच वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ, जसमध्ये दुर्इजना बलात्कारी नै भएको प्रहरीको दाबी छ ।
पक्राउ परेका अन्यमाथि थप अनुसन्धान सुरु भएको घटनास्थलमै रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए । देवदह-६ का २२ वर्षीय लक्ष्मण बिक र देवदह–७ का १८ वर्षीय जीवन खत्रीले बालिकामाथि बलात्कार गरेको स्वीकारेको उनले बताए ।
प्रहरीले अनुसन्धानका लागि स्थानीय राजु परियार, बोधे विक र दिनेश विकलार्इ पनि नियन्त्रणमा लिएको छ । खैरेनीमा रहेको बालिकाकै घरनजिकै उनीमाथि बलात्कार भएको हो ।
बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको अबस्थामा सो घटना भएको हो । घरनजिकै रहेको ब्लक रहेको टहरोमा लगेर बालिकामाथि बलात्कार भएको र सो स्थान रक्ताम्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बालिकालार्इ उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको छ । पक्राउ परेका उनीहरूलाई देवदह प्रहरी चौकीमा राखिएको छ ।
प्रकाशित समय ०७:४२ बजे

















