गृहपृष्ठ जहाँ सरकार नै बच्चा जन्माउन अग्रह गर्छ

जहाँ सरकार नै बच्चा जन्माउन अग्रह गर्छ

baby_newskarobar

नेपालमा तीव्र रूपमा जनसंख्या वृद्धि भएको भन्दै चिन्ता गर्न थालेको पनि वर्षौं भइसक्यो । उता भारत तथा चीन जनसंख्या विस्फोटको समस्यासँग जुधीरहेका छन् । यसको एउटै कारण हो जनसंख्या तीव्र रूपमा बढ्नु । तर विश्वका केही देशमा जनसंख्या वृद्धि गर्न सरकार नै अग्रह गर्छ ।

युरोपेली राष्ट्र सर्बिया आफ्ना नागरिकलार्इ बच्चा जन्माउन अग्रह गर्दैछ । ‘ढिला नगर्नुस्, बच्चा जन्माउनुस्’ यो सर्बियाली सरकारले जनतालार्इ गरेको अग्रह हो ।

संयक्त राष्ट्रसंघको अनुमान अनुसार सन् २०५० सम्ममा सर्बियाको जनसंख्यामा १५ प्रतिशतले कमी आउनेछ । त्यसैले सर्बियाली सरकारले जन्मदर बढाउन थुप्रै प्रस्ताव ल्याएका छन् । त्यसैमध्येको एक हो जन्मदर कम भएको ठाउँमा कम उचाइको घर बनाउने योजना ।

राष्ट्रपति एलेक्जेन्डर वुकिनका अनुसार यो एक अध्ययनमा आधारित छ, जसमा दुर्इ देखि चार तल्ले घरमा बस्ने दम्पतीके बच्चा पैदा गरने दर दुर्इ गुणा ज्यादा छ ।

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु