गृहपृष्ठ भारत उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरमा, पर्यटनमन्त्रीले गरे स्वागत

भारत उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरमा, पर्यटनमन्त्रीले गरे स्वागत

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । उनी भिटी यूपीरे कलसाइनको निजी विमानबाट बुधबार साढे १० बजे जनकपुर विमानस्थल अवतरण गरी जानकी मन्दिर पुगेका हुन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई संघीय सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत अन्य मन्त्रीहरुले स्वागत गरे ।

जानकी मन्दिरमा सामान्य पुजा गरेर उनी अहिले प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा पुगेका छन् । अपरान्ह २ बजे रंगभूमि मैदानमा हुने कार्यक्रमलाई योगीले सम्बोधन गर्नेछन् । उनी बुधबार अपरान्ह ४ बजे नै स्वदेश फर्किने कार्यक्रम छ ।

जन्ती बनेर आएका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको टोलीको सुरक्षार्थ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विवाह महोत्सवमा हजारौं मानिस भेला हुनेछन् । विवाहपञ्चमीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका करिव ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु