गृहपृष्ठ मुख्यमन्त्री योगीलाई जनकपुरमा सम्मान

मुख्यमन्त्री योगीलाई जनकपुरमा सम्मान

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा सम्मान गरिएको छ । मधेस भवनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उनलाई सम्मान गरेका हुन् ।

सो अवसरमा प्रदेश सरकारले मुख्यमन्त्री योगीलाई जानकी मन्दिर उपहार दिएको थियो भने योगिले महाकुम्भ र उतरप्रदेशबाट ल्याएका उपहार दिएका थिए । योगिको स्वागतमा १०८ कन्याले फूलवर्षा समेत गरेका थिए ।

यसअघि भिटी यूपीरे कलसाइनको निजी विमानबाट बुधबार साढे १० बजे जनकपुर विमानस्थल अवतरण गरी उनले जानकी मन्दिर पुगेर पूजा गरेका थिए ।

मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई संघीय सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत अन्य मन्त्रीहरुले स्वागत गरेका थिए ।

अपरान्ह २ बजे रंगभूमि मैदानमा हुने कार्यक्रमलाई योगीले सम्बोधन गर्नेछन् । उनी बुधबार अपरान्ह ४ बजे नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु