गृहपृष्ठ द्वन्द्वका कारण सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’
द्वन्द्वका कारण सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’
सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको संख्या १५ हजार रहेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गत पाँच बर्षको अवधिमा ती बालबालिकाहरु आफ्ना आमाबुवा तथा पारिवारिक सदस्यहरुबाट छुटेको तथा वेपत्ता भएको पाइएको छ ।
द्वन्द्वका कारण अरु चालिस लाख मानिस विस्थापित भएका छन्, जसमध्ये अधिकांश बालबालिका रहेको जनाइएको छ । विस्थापित भएका, बाबु आमाबाट छुट्टिएका र बेपत्ता भएका बालबालिकाहरु बलात्कार र अन्य विभिन्न हिंसाबाट पिडित हुने गरेको पनि युनिसेफले जनाएको छ । (रासस)
प्रकाशित समय ०८:२६ बजे

















