गृहपृष्ठ इन्डोनेशिया सुनामीः मृत्यु हुनेको संख्या ३७३ पुग्यो

इन्डोनेशिया सुनामीः मृत्यु हुनेको संख्या ३७३ पुग्यो

इन्डोनेशियामा शनिबार ज्वालामूखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको संख्या ३७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।

सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा परेर १२८ हराइरहेका छन् । शनिबार राति एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो । हराइरहेकाहरुको संख्या यकिन हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

शक्तिशाली सुनामीका कारण समुद्री तट नजीकको वस्तीको वरपरका सयौँ घर भत्किएका छन् । ती क्षेत्रमा रहेका अन्य भौतिक संरचना पनि ढलेका छन् । पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रमा अन्यत्रभन्दा बढी क्षति पुगेको सरकारी अधिकारीले बताएका छन् ।

भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

प्रकाशित समय ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु