गृहपृष्ठ पृथ्वी जयन्तीको बिदा माग्दै प्रदर्शन
पृथ्वी जयन्तीको बिदा माग्दै प्रदर्शन
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसमा पुस २७ गते बिदाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । पुस २७ गते पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवसमा बिदा दिइँदै आएकोमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै सरकारले बिदा कटौती गरेको छ । यसपटक २९७ औँ पृथ्वी जयन्तीको अवसरमा ठकुरी सहयोग सञ्जालको अगुवाइमा प्रदर्शन भएको हो ।
यस्तै, यस वर्षको पृथ्वी जयन्ती एकीकृत राप्रपा राष्ट्रवादीले एवं भव्य रुपमा मनाउने तयारी गरेको छ । त्यसका लागि पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । व्यवस्थापन उपसमितिमा महामन्त्री भरतजंग उप्रेती संयोजक, केन्द्रीय सदस्य तेज खरेल, सहमहामन्त्री मिना शाही, केन्द्रीय सदस्य वैकुण्ठ भण्डारी, ईश्वर थापा, आकेश ज्ञानेश्वर भट्टराई, आकेस सविना श्रेष्ठ सदस्य छन् । आर्थिक उपसमितिमा केन्द्रीय सदस्य श्याम खड्का संयोजक छन् ।
प्रकाशित समय १९:११ बजे

















