गृहपृष्ठ ठेलाको मःम बेच्दाबेच्दै कपिल बने गायक

ठेलाको मःम बेच्दाबेच्दै कपिल बने गायक

song-newskarobar

ठेला गाडामा मःम बेचेर गायक बनेका कपिल पौडेलको पहिलो गीत ‘साला काठमाडौँ’ सार्वजनिक भएको छ । गायक बन्ने सपना बोकेर काठमाडौँ आएका कपिल लामो समयदेखि बानेश्वर चोकमा ठेलामा मःम बेच्दै आएका छन् ।

सडक छेउमा मःम पकाउँदै बेच्दै गर्दा उनले गुनगुनाएको स्वरको प्रशंसा भएपछि उनले गीत रेकर्ड गराएका हुन् । कपिलले पहिलोपटक आफ्नो आवाजमा गीत रेर्कड गराएर युट्युबमा राखेको चौबिस घण्टा नबित्दै एक लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

निरज भट्टको शब्दमा रहेको गीतमा गायक कपिलकै संगीत छ । अवसरको खोजीमा देशैभरबाट युवाहरु काठमाडौँमा सपना बोकेर आउने गरेका छन् । उनीहरुले पाउने असफलता र पीडालाई ‘आफ्नो भन्ने कोही छैन साला काठमाडौंमा, कसो गरी यो जिन्दगी, जाला काठमाडौंमा’ गीतमा झल्काइएको छ । गीतमा सञ्चारकर्मी तथा अभिनेता शिशिर भण्डारी र मोडल स्मारिका खनालको अभिनय छ ।

आम युवाहरुले काठमाडौँमा पाउने असफलतालाई प्रतिबिम्वित गर्दै ‘साला काठमाडौँमा’ भन्ने शब्द राखिएको कपिलले बताए । सन्तोष खनालको निर्देशनमा बनेको भिडियोमा वाइपी घिमिरेको सिनेमेटोग्राफी छ । भिडियोलाई सञ्जीव श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु