गृहपृष्ठ लुम्बिनी एक्स्पोमा दर्शकको ओइरो, एकै दिन १ लाखले गरे अवलोकन (फोटो फिचर)

लुम्बिनी एक्स्पोमा दर्शकको ओइरो, एकै दिन १ लाखले गरे अवलोकन (फोटो फिचर)

गत पुस पाँच गतेदेखि बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो एक्स्पो–२०७५ मेलामा अवलोकनकर्ताको अत्याधिक भिड लागेको छ ।

शनिबार एक्स्पो अवलोकनका लागि १ लाख भन्दाबढी मेलास्थल बुटवल मण्डपमा प्रवेश गरेको आयोजकको अनुमान छ । मेलामा स्वदेशी उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, लोकगीत र नृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको सञ्चालन, आकर्षक रेष्टुरेन्टहरू र कृषि ग्रामका स्टल राखिएको छ ।

दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज रुपमा मेला स्थलमा छिर्न मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्यहरु सक्रिय भएका थिए ।

तस्बिर हेर्नुस् ।

तस्बिर ः कृष्ण खनाल

प्रकाशित समय ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु